यसरी चिन्न सकिन्छ जाली नोट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यसरी चिन्न सकिन्छ जाली नोट



काठमाडौं  २४ जेठ । अाजकाल रु. ५०० र रु. १००० दरका नक्कली नेपाली नोटहरु बजारमा भेटिएका छन् । देशका विभिन्न स्थानमा रु ५०० दरका घ/२० ७९९७४६, ३/२० ६७९७४६, घ/६ १४९३१२,  घ/९१ ४२५२६८ लगायत अंक राखिएका नक्कली नोटहरु बजारमा भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, रु १००० दरका घ/८३ ७५४००५, घ/६ १४९३३४, घ/२० ४७६७९६ लगायतका अंक राखिएको नक्कली नोटहरु बजारमा भेटिएका छन् ।

जाली नोटको कारोबार गम्भीर अपराधिक र ठगी कार्य भएको जनाउँदै राष्ट्र बैंकले जाली नोट सम्बन्धी शंकास्पद गतिविधि देखिएमा प्रहरी प्रशासन लगानय सुरक्षा निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०४:५१