खाडी संकट र नेपाली अर्थतन्त्रमा प्रभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

खाडी संकट र नेपाली अर्थतन्त्रमा प्रभाव



अहिले विश्व राजनीति खाडीतिर तानिएको छ । साउदी अरब, यु.ए.इ लगायत गल्फ कोअपरेसन काउन्सिलमा आबद्ध केहि राष्ट्रहरुले कतारसंग कुटनीतिक तथा ब्यापारिक सम्झौता खारेज गरेका छन । यी राष्ट्रहरु ले कतारले विभिन्न आतंककारी संगठनलाई आर्थिक सहयोग गरेको र आतंककारीलाई प्रसय दिएको भन्ने आरोप लगाएका छन् । उनीहरुले आफ्ना नागरिक र कुटनीतिक अधिकारीहरुलाई छिटो कतार छाड्न निर्देशन समेत दिएका छन् । ३६ वर्ष पुरानो गल्फ कोअपरेसन काउन्सिल तोड्दै कतारलाई एक्लो वनाएका छन् ।

यसो त, कतार सरकारले यो कुराको खण्डन गरेको छ र आतंककारी संगठनलाई आर्थिक सहयोग गरेको र आतंककारीलाई प्रसय दिएको भन्ने आरोप तथ्यहीन भनेको छ । साथै मित्रराष्ट्र हरु को यो कदम अन्यायपूर्ण रहेको भनेको छ ।

कतार सानो तर सम्पन्न राष्ट्र हो । पेट्रोलियम तथा प्राकृतिक ग्यास उत्पादन तथा भण्डारणमा कतार संसारमै तेस्रो स्थानमा छ र संसारमै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको राष्ट्र पनि हो । कतारको प्रतिव्यक्ति आय १४०,००० अमेरिकन डलर रहेको छ । कतारले आफु संग भएको श्रोत र साधनलाइ भरपुर उपभोग गरेर आफ्नो राष्ट्रलाई अझ सम्पन्नशालि बनाउन लागि परेको छ ।

एक्लिएको कतारलाई अहिले सवै भन्दा वढी २०२२ मा हुने फिफा विश्वकप फुटवल प्रतियोगितामा धक्का लाग्ने देखिएको छ । सो आयोजनाको लागि कतारले सम्पूर्ण पैसा खर्च गरिरहेको देखिन्छ । रंगशाला निर्माण, सडक निर्माण, होटेल निर्माण, भवन निर्माण आदि इत्यादिमा कतारको सम्पूर्ण अर्थतन्त्र  लागेको छ । सो आयोजनाको मिति नजिकिँदै गर्दा कतार एक्लो भएपछि त्यहाँको अर्थतन्त्र र रोजगारीमा समेत गम्भिर असर पर्ने देखिएको छ ।

यी सबै आयोजनाहरु सम्पन्न गर्न चाहिने निर्माण सामग्री ८५ प्रतिशत तथा खाध्य बस्तु लगभग ६० प्रतिसत कतारले साउदीअरबबाट आयात गर्छ । यो संकट ले झन् कतारले यी आयोजनाहरु कसरि सम्पन्न गर्छ भन्ने प्रश्न उठेको छ । यसवाट कतारलाई थप चेपुवामा पार्ने काम भएको छ ।  विश्वका थुप्रै मुलुकका नागरिकलाई रोजगारी प्रदान गरिरहेको कतार एक्लो भएपछि रोजगारीमा रहेका कामदार कटौती हुने अनुमान गर्न सकिन्छ । कतार सम्पन्न राष्ट्र हो उसले अरु राष्ट्रबाट पनि आयात गर्न त सक्छ तर यसको क्रयमूल्य धेरै नै बढ्छ र कतारमा मुल्याब्रिधि हुन्छ । यसले कतारलाई अर्थतन्त्रमा समस्या हुने अनुमान गर्न सकिन्छ ।

कतार खाडी मुलुकहरुमा निक्कै राम्रो आर्थिक वृद्धिदर हासिल गरेको र ठूलो संख्यामा विदेशी कामदारलाई रोजगारी प्रदान गरिरहेको मुलुक हो । खाडी मुलुकको एकतामा आएको संकटबाट कतारको आर्थिक अवस्थामा गम्भिर असर पर्ने देखिएको छ । तीव्र रुपमा पूर्वाधार क्षेत्रमा प्रगति गरिरहेको कतार खाडी मुलुकको एकतावाट एक्लो वनाइएपछि अव उसको निर्माण, व्यापार, रोजगारी र औद्योगिक विकासमा ठूलो असर पर्ने देखिएको छ । अव कतारमा महंगी वढ्ने, वेरोजगारी वढ्दै जाने हुन्छ । उसले विगतमा लिइदै आउको कामदार संख्या घटाउने छ र अर्थतन्त्रमा पर्न सक्ने प्रभावको पूर्व अनुमान लगाउँदै विदेशी कामदार ल्याउने र आफ्नो मुलुकको मुद्रा विदेश लैजान कम अनुमति प्रदान गर्ने अनुमान लगाउन सकिन्छ ।

कतारमा अहिले लगभग ६ लाखको हाराहारिमा नेपाली कामदार रहेका छन । खासगरी निर्माण, होटेल र पूर्वाधार क्षेत्रमा नेपाली कामदार छन् । कतार ले खर्च घटाउनको निमित्त भारि मात्रामा निर्माण सम्बन्धि कामदार घटाउन सक्छ । कतार एक्लो भएपछि सवै भन्दावढी नेपाली कामदारलाई असर पर्ने देखिन्छ छिट्टै यो समस्या समाधान नभएमा नेपालले प्रमुख रोजगार गन्तव्य कतारलाई गुमाउनुपर्ने अवस्था आउने देखिन्छ र यसले नेपालको अन्तरास्ट्रिय विप्रेषणमा प्रभाव पर्ने देखिन्छ  ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०६:१९