एभरेष्ट बैंकले १ भन्दा बढी खाता भएकालाई बन्द गर्न बोलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकले १ भन्दा बढी खाता भएकालाई बन्द गर्न बोलायो



काठमाडौं  २४ जेठ ।एभरेष्ट बैंकले १ भन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटामा मात्र सीमित गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार एउटै बैंकको बचत, चल्ती वा कल खाता भएका सेवाग्राहीले अब यी मध्ये एउटा खाता मात्र प्रयोग गर्न पाउनेछन् । तर मुद्दति खाता हुनेको हकमा भने यो नियम लागू हुँदैन । एउटै बैंकको एउटा मुद्दतिसहित अर्को एउटा खाता चलाउन पाइनेछ । बैंकले सूचना जारी भएको मितिले ३५ दिन भित्र एक भन्दा बढी खाता भएका भएकाहरुले बन्द गर्नुपर्नेछ । तोकिएको अवधिसम्म पनि खाता बन्द नगरेमा बैंकले नै बन्द गराउनेछ । बहु खाता बन्द गराउने सूचना निकालेको एभरेष्ट बैंक यतिबेला राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउने मिसनमा लागेको छ । बैंकले ३३।३३% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ ।

बैंकले अब छिट्टै १ अर्ब ५० करोड ८८ लाख ८ हजार ७०० रुपैयाँको १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । ३ः१ अनुपातमा आउने यो हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । एभरेष्टले एक महिनाअघि मात्र बिशेष साधारण सभा बोलाएर मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताब पनि पारित गरिसकेको छ । हाल एभरेष्टको चुक्ता पुँजी ४ अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ४ पैसा छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०८:३५