१४ दशमलव २४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१४ दशमलव २४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २४ जेठ । नेप्से बुधबार १४ दशमलव २४ अंकले ओरालो लागेको छ।। १६ सय ३७ मा खुलेको नेप्से १६ सय २२ मा पुगेर बन्द भएको छ । बुधबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् ।

बुधबार इन्स्योरेन्स समुहले सबै भन्द धेरै गुमाएको छ। बुधबार इन्स्योरेन्स समुह १ सय १५ दशमलव ७८ अंकले आरालो लागेको छ। बुधबार होटल समुह ४० दशमलव ३२ अंकले , जलविधुत समुह १९ दशमलव १५ अंकले विकास बैँक १८ दशमलव २७ अंकले, बैकिड. समुह १२ दशमलव ८४ अंकले, फाइनान्स समुह १ दशमलव ९५ अंकले र अन्य समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ ।
बुधबार उतपादनमुलक समुह भने ९ दशमलव ६९ अंकले उकालो लागेको छ।
बुधबार कारोबारमा आएका १४९ कम्पनी बाट १२ लाख ७९ हजार ५ सय ७ कित्ता शेयरबाट ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार ०९:४२