सिद्धार्थ बैंकको हकप्रद आजबाट « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

बैंक / वित्त

सिद्धार्थ बैंकको हकप्रद आजबाट



काठमाडौं  २५ जेठ । सिद्धार्थ बैंकले १०ः३ अनुपातमा दिनलागेको हकप्रद सेयर आजबाट बिक्री खुल्ला भएको छ ।

बैंकले १ करोड ५७ लाख ५२ हजार ५ सय ८७ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्न लागेको हो ।सिद्धार्थको यो हकप्रद जेठ १४ सम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । आवेदकले सिद्धार्थ बैंकको हात्तिसार काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सिद्धार्थले ३० प्रतिशत हकप्रदको बाटो रोजेको हो । हाल सिद्धार्थको चुक्ता पुँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार ३७५ रुपैयाँ छ । हकप्रद पछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १८८ रुपैयाँ पुग्नेछ ।

सिद्धार्थले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३० पैसा (वार्षिक) प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ७६ पैसा छ ।

प्रकाशित : २५ जेष्ठ २०७४, बिहीबार ०३:२३