एनआइसी एसियाको २ लाख ९८ हजार ५३६ कित्ता सेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एसियाको २ लाख ९८ हजार ५३६ कित्ता सेयर लिलामीमा



काठमाडौं  २५ जेठ ।एनआइसी एसिया बैंकले सर्वसाधारण समूहको २ लाख ९८ हजार ५३६ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । लिमाली भर्न असार १ देखि ८ गते भित्रमा आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र फारम बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । एनआइसी एसियाले गत चैत १६ देखि वैशाख १९ गतेसम्म १५% हकप्रद निष्कासन गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो ।

लिलामीको बोलपत्र असार ९ गते दिउँसो १ः३० बजे एनआइसी एसिया क्यापिटल बबरमहलमा खोलिनेछ । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ खुद नाफा कमाएको छ । तस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ६ अर्ब ३५ करोड ७९ लाख ९१ हजार रुपैयाँ पुगेको छ । एनआइसीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५० पैसा छ ।

प्रकाशित : २५ जेष्ठ २०७४, बिहीबार ०७:२०