हिमालयन पावरको आइपीओ असार १ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन पावरको आइपीओ असार १ देखि



काठमाडौं  २५ जेठ ।हिमालयन पावर पार्टनरले असार १ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ । यो आइपीओ असार ५ गतेसम्म भर्न पाइनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १५ गतेसम्म भर्न पाइने सुविधा छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ ।

प्रकाशित : २५ जेष्ठ २०७४, बिहीबार ०८:०९