एक रुपैयाँमै आस्वा सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक रुपैयाँमै आस्वा सेवा



काठमाडाै २६ जेठ । प्रभू बैंक लिमीटेडले आस्वा प्रणाली अन्तरगत सेवा प्रवाह गरेबापत प्रति दरखास्त १ रुपैयाँ शुल्क तोकेको छ । धेरै बैंकहरुले यो सेवालाई निःशुल्क गरे पनि त्यो भन्दा केही फरक प्रति दरखास्त १ रुपैयाँ शुल्क लिएर आस्वा सेवा बैंकका १३४ वटै शाखाबाट उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

प्रभूू बैंकले आश्वा सेवा संचालनको अनुमति २०७३ माघ ५ गते नै पाएको थियो । त्यसपछिदेखि नै आफ्ना सबै शाखाबाट आश्वा सम्बन्धी सेवा संचालन गर्दै आएकोमा यसअघिको न्यूनतम दरखास्त शुल्कलाई हटाएर १ रुपैयाँ लागूू गरेको हो ।

यस प्रणाली अन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको निष्सा दिइनेछ र धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टा गरी बाँकी रकम सोही खातामा फुकुवा गरिन्छ ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०४:५४