नुवाकोटमा सिटिजन्स बैंकको वित्तीय साक्षरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नुवाकोटमा सिटिजन्स बैंकको वित्तीय साक्षरता



काठमाडौं २६ जेठ।सिटिजन्स बैंकले भुकम्प अति प्रभावित जिल्ला नुवाकोटको ५ वटा गाविस तारुका , फिकुरी, गेर्खु, दुईपिपल र गणेशथानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले लुइस बर्जरको सहकार्यमा जेठ १५ गतेदेखि पाँच दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम विशेषगरि युवा , विधार्थी, सिमान्तकृत समुदाय र विप्रेषणमा निर्भर परिवार/महिलालाई लक्षित गरि आयोजना गरिएको थियो । वित्तीय साक्षरताद्वारा पाठकहरुलाई बैंकिङ प्रणालीको बारेमा सामान्य जानकारी, ग्राहकहरुलाई बचत तथा ऋणको सहि व्यवस्थापन गरि व्यवसाय संचालन गर्ने जस्ता विषयमा जानकारी दिइएको आयोजकले बताएको छ । त्यस्तै योजनाबद्ध रुपमा आफ्नो व्यवसायको तथा परिवारको बजेटको योजना गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहयोग गर्ने र ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ सभ्यता बिकास गर्न सहयोग पु¥याउने छ ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०९:२७