शर्मालाई थप ६ दिन हिरासतमा राख्न बिशेष अदालतको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शर्मालाई थप ६ दिन हिरासतमा राख्न बिशेष अदालतको अनुमति



काठमाडाै २६ जेठ । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको उल्लेख गर्दै न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शुक्रबार थप ६ दिन थुना राख्न अनुमति दिएको हो । न्यायाधीश द्वयको इजलासले गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार १२:२२