तपाइलाई थाहा छ ? एउटा देश छ जहाँ घुम्न एक घण्टा पनि लाग्दैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तपाइलाई थाहा छ ? एउटा देश छ जहाँ घुम्न एक घण्टा पनि लाग्दैन



काठमाडाैँ २८ जेठ । के यस्तो कुनै देश हुन सक्छ जहाँ पैदल हिँडेर एक घण्टा पनि नलगाई घुम्न सकियोस । हो यस्तै एउटा देश छ जहाँ घुम्न एक घण्टा पनि लाग्दैन। फ्रान्ससँगै रहेको एउटा सानो देश छ ‘मोनाको’ । यो देश फर्मुला वन कार रेस, ग्ल्यमरस क्यासिनो, जिरो इन्कम ट्याक्स, सुरक्षा सुविधा र चौबिसै घण्टा झिलीमिली हुने देशको नामले पनि चिनिन्छ ।

यो देशको क्षेत्रफल केबल १।९५ बर्ग किलोमिटर छ जहाँ सामान्इ व्यक्ति केबल एक घण्टाभन्दा कम समयमा पूरै घुम्न सकिन्छ । ‘

मोनाको यूरोपको दक्षिण पश्चिम भागमा पर्ने एक सानो देश हो । यो देश मेडिटर्नियन सागरको उत्तरी मध्य तटमा अवस्थित छ । मोनाकोको तीनतिरको सीमा फ्रान्ससँग जोडिएको जुन देश इटालीबाट केबल १६ किलोमिटर मात्र टाढा छ ।

मोनाकोमा फ्रेन्च भाषा बोल्ने गर्छन् । पूरा देश पैदल घुम्न एक सामान्य व्यक्तिलाई ५६ मिनेट लाग्ने गर्छ । मोनाको देशको पनि नाम हो र यसको एकमात्र शहरको नाम पनि । मोनाको संवैधानिक राजतन्त्र भएको देश हो । यहाँ सन् १२९७ देखि राजतन्त्र कायम छ ।

यहाँको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । स्मरण रहोस मोनाको भ्याटिकन सिटीपछि विश्वकै दोस्रो सानो देश हो । एजेन्सी

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०६:२७