शुभकामना साकोसको १७औं स्थापनादिवस सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुभकामना साकोसको १७औं स्थापनादिवस सम्पन्न



काठमाडौं, २८ जेठ  ।भक्तपुरको नासमनामा रहेको शुभकामना साकोसले स्थापनाको १७औ वार्षिकोत्सव साताव्यापी कार्यक्रमका साथ सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैकका सञ्चालक सरिता भट्टराईको प्रमुखआतिथ्यमा सम्पन्नउद्घाटन कार्यक्रममा २० जनानयाँ सदस्यहरुलाई टिका तथा खादा ओढाई संस्थाका अध्यक्ष हुन्छे कुमार त्वायनाले स्वागत गरेकाथिए । संस्थाका हाल सम्मको गतिविधि, सेवा सुविधा र बिशेषताका सम्बन्धमा प्रबन्धक राधेश्याम दुवालले जानकारी दिएका थिए । प्रमुख अतिथि भट्टराईले सहकारीले गर्दा नै आज वित्तीय कारोवारमा जनताको पहुँच सजिलोसँग पुगेको बताईन् । उनले राष्ट्रिय सहकारी बैक स्थापना कालमा शुभकामना साकोसले खेलेको भुमिको प्रशंसा गर्दै ठीमी शाखा खोल्न यस सहकारीको महत्वपूर्ण भुमिका रहेको बताइन् ।
साताव्यापी कार्यक्रमको न्यूनआय भएका सन्ततिप्रा.वि.का १२५ जना विद्यार्थीहरुलाई स्कूल व्यागबितरण गरिएको थियो । त्यसैगरी संस्थाले तिलगंगा आँखा अस्पतालको प्रविधिक सहयोगमा नासमना, भक्तपुरमा निशुल्क आँखा शिविर संचालन गरेको थियो । संस्थाका सदस्यएवं गैरसदस्य गरी २२८ जनाको आँखा परिक्षण गरिएकोमा १७जना मोतिविन्दुको शल्यक्रिया गर्नुपने भएकाले तिलगंगा आँखा अस्पतालमा निशुल्क अपरेसन समेत गरिने भएको छ ।
भक्तपुर हार्ट एण्ड डाइवेटिक सेन्टर र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्रविधिक सहयोगमा निःशुल्क हर्ट एण्ड डाइवेटिक परिक्षण तथा रक्तदानकार्यक्रम संस्थाको सेवा केन्द्रमा सम्पन्न गरेको छ । उक्तशिविरमा७३ जनाले निःशुल्क हर्ट एण्ड डाइवेटिक परिक्षण गरिएका थिए भने २२ जनाले रक्तदान गरेका थिए । त्यस्तै जेष्ठ सदस्य जीवन उपयोगी प्रवचन थियो । कार्यक्रममा संस्थाको ७० वर्ष भन्दा माथिका ४३ जना जेष्ठ सदस्यहरुलाई सम्मानएवं भोजन गराइएको थियो ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन दिगो विकास लक्ष प्राप्तिको लागि सहकारी विषयक छलफल कार्यक्रम गरेको जानकारी अध्यक्षत्वायनाले दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका संचालक सरिता भट्टराईबाट दिगो विकास लक्ष प्राप्तिको लागि सहकारी विषयककार्यपत्र प्रस्तुतगर्दै सहकारीको क्षेत्रहरु सीमित रहन नहुने र सदस्यहरुको भावना र राष्ट्र विकासमा टेवापुग्न सक्ने खालका नयाँनयाँ योजनाहरु ल्याउनु पर्ने बताईन् । सदस्यहरुसँग रहेका सीमितश्रोत साधनको उपयोगिता र दिर्घकालिन असर सम्बन्धमा जानकारी दिने कार्यक्रमहरुको खाँचो रहेको तर्फ उनले ध्यानाकर्षण गराएकी थिइन् । सो कार्यक्रममा संस्थाकाउपाध्यक्ष राम प्रसादकासुला, सचिवनिमर्ला सुवाल, कोषाध्यक्ष नारायण बहादुर बासुकला र संचालक गायत्री मैया कोजूको नेतृत्वमा समुहगत छलफल गरीएको थियो । कार्यक्रममा सल्लाकार अमर रत्न बज्राचार्यले टिप्पणीकारको भुमिका निभाएका थिए भने कार्यक्रम संस्थाका प्रमुख सल्लाहकार बाल मुकुन्द सुवालले सञ्चालन गरेका थिए ।

२०५७ साल जेष्ठ २४ गते डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत् दर्ता भएको शुभकामना साकोसले जिल्लामा मात्रनभई मुलुकमा नै फरक पहिचानबनाउन सफलभएको छ । संस्थाले बाल, युवा, महिला र वृद्धवृद्धाको आवश्यकताका आधारमा विभिन्न कार्यक्रम बनाएर लागु गर्र्दै आएको छ । समुदाय र सदस्यप्रति समर्पित उक्त संस्था नेप्mस्कूनको प्राबिधिक सहयोगमा संचालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रममा समेत सहभागीभई काठमाण्डौ उपत्यकामा नै पहिलो पटक एशियाली गुणस्तर एक्सेस सिल्वर ब्राण्ड २०१६ प्राप्त गरिसकेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०७:२६