सुविधा सम्पन्न पाँच तारा सभा कक्षको निर्माण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुविधा सम्पन्न पाँच तारा सभा कक्षको निर्माण



काठमाडौं, २८ जेठ  ।पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ २६ गते शुक्रबार आफ्नै भवनमा निर्माण गरेको सुविधा सम्पन्न पाँच तारा सभा कक्षको उद्घाटन एक कार्यक्रमकाबीच गरेको छ । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले उक्त सभाकक्षको उद्घाटन गरेको संस्थाले जनाएको छ ।
उद्घाटन सभामा बोल्दै अध्यक्ष बस्नेतले पुरानो सिनामंगल आसपासमा २० वटा जति सहकारी संस्था भएको जानकारी आफूले पाएको र ती सबैलाई समेटेर वृहत् एकि करणको नेतृत्व पाँचतारा साकोसले गरे नेफ्ूस्कुनले पनि सहयोग गर्ने बताए ।

सोहीअवसरमा संस्थाले सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि एक दिने गोष्ठी समेत सम्पन्न गरेको छ ।
एक नम्बर क्षेत्रका कर अधिकृत विश्वबन्धु पौडेलले सहकारीमा कर सम्बन्धी विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । उनले आगामी सोमबार पाँचतारा सभा कक्षमा सिनामंगल आसपासका व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी कर सम्बन्धी तालिम सञ्चालन गरिने जानकारी दिँदै सबैलाई उपस्थि तहुन आग्रह गरे । देश निर्माणमा करको महत्वपूर्ण भूमिकाभएका सबैले पारदर्शी हिसाबले कर तिर्न समेत उनको आग्रह थियो ।
कार्यक्रममा नेफ्स्कुनका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारी सञ्चालक, लेखा समिति र उपसमितिको जिम्मेवारी र सदस्यको भूमिकाको विषयमा प्रशिक्षण दिएका थिए । उनले सहकारीमा संगठनात्मक संरचना, सहकारी व्यवस्थापनका आधारभूत कुराहरु, सुशासन र बचत तथा ऋण सहकारी संस्थाका ४ सिद्धान्त लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
संस्थाका अध्यक्ष भोलानाथ पाठकले ५० जनाक्षमता भएको यस सभाकक्षलाई सबै संघ संस्थाहरुले आवश्यकपर्दा न्यूनतम शुल्कमा प्रयोग गर्न सक्ने बताए । व्यवसायिकप्रयोजनको लागि प्रयोग गर्न चाहने सबै संघसंस्थाकालागि समेत हल उपलब्ध गराइने उनले बताए ।

संस्थाले हरेक महिना सबै सदस्यहरुलाई सहकारी शिक्षा दिँदै जाने र संस्थामा नयाँ सदस्य बन्नेहरुलाई संस्था र सहकारी सम्बन्धी आधारभूत जानकारी दिएर मात्र सदस्य बनाउन पनि उनले बताए ।  निकट भविष्यमा नै संस्थाको प्रवद्र्धनमा मुलुक भरका सहकारीमा आवद्ध महिलातथापुरुष उद्यमीहरुले उत्पादित वस्तुहरुको विक्री कक्ष सञ्चालनमा ल्याउने तयारी आफूहरुले गरेको उनले बताए । संस्थाको आफ्नै भवनबाट सहकारीद्वारा उत्पादित वस्तुको बजारिकरण र उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने  लक्ष्य संस्थाको छ ।

 

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०७:५३