२४ दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२४ दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २८ जेठ । कारोबार को पहिलो दिन आज आइतबार नेप्से २४ दशमलव ७ अंकले ओरालो लागेको छ। १६सय १५ मा खुलेको नेप्से १५ सय ९० मा पुगेर बन्द भएको छ। आइतबार उतपादनमुलक र होटेल समुह बाहेक अरु सबै समुहले गुमाएको छ ।
आइतबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। आइतबार इन्स्योरेन्स समुह १सय ३८ दशमलव ३३ अंकले ओरालो लागेको छ । आइतबार जलविधुत समुह ४५ दशमलव ९३ अंकले, बैकिड. समुह २५ दशमलव ४३ अंकले, विकास बैक समुह २० दशमलव १ अंकले , अन्य समुह १३ दशमलव ०२ अंकले र फाइनान्स समुह ७ दशमलव ५२ अंकले ओरालो लागेको छ ।
आइतबार होटल समुह ३० दशमलव ६८ अंकले र उतपादनमुलक समुह १९ दशमलव ०६ अंकले उकालो लागेको छ ।
आइतबार कारोबारमा आएका १४६ कम्पनी बाट ११ लाख २३ हजार ५ सय ३२ कित्ता शेयरबाट ७१ करोड १३ लाख ७२ हजार ७ सय ३८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७४, आईतवार ०९:३५