चाबहिलको मित्रपार्कमा एनबी बैंकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चाबहिलको मित्रपार्कमा एनबी बैंकको शाखा



काठमाडौं २९ जेठ।नेपाल बङ्गलादेश बैंकले काठमाडौंको चावहिलमा आफ्नो ४५औं शाखा सञ्चालनमा ल्याएको छ ।सो शाखाको औपचारिक उदघाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र बैंकका अध्यक्ष जलाल अहमदले संयुक्तरुपमा गरे । प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा काठमाडौँ नेपाल च्याम्बर अफ कमर्सका कार्यकारी सदस्य टिकाराम शर्मा, नेपाल राष्ट्र बैंकका भुतपूर्व डेपुटी गर्भनर प्रफुल्ल कुमार काफ्ले तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल उपस्थित थिए ।

बैंकले ४५ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ सेवा तथा ४५ वटा एटीएममार्फत् बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।

 

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०५:५४