९ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

९ दशमलव ९७ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ २९ जेठ । सोमबार पनि नेप्से ओरालो लागेर बन्द भएको छ। सोमबार नेप्से ९ दशमलव ९७ अंकले ओराले लागेको छ ।१५ सय ९० मा खुलेको नेप्से १५ सय ८० मा पुगेर बन्द भएको छ। सोमबार कारोबार मा आएका सबै समुहले गुमाएको छ ।
सोमबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै गुमाएको छ। सोमबार इन्स्योरेन्स समुह ८१ दशमलव ०६ अंकले ओरालो लागेको छ । सोमबार होटल समुह २८ दशमलव ९९ अंकले, जलविधुत समुह २३ दशमलव ३८ अंकले, विकास बैक समुह १२ दशमलव ९८ अंकले बैकिड. समुह ७ दशमलव ४९ अंकले , उतपादनमुलक समुह ७ दशमलव ३ अंकले, फाइनान्स समुह २ दशमलव ४ अंकले र अन्य समुह १ दशमलव ७३ अंकले र ओरालो लागेको छ ।
सोमबार कारोबारमा आएका १३८ कम्पनी बाट ७ लाख ९८ हजार ६ सय १३ कित्ता शेयरबाट ४९ करोड ८८ लाख ९६ हजार ३ सय ५४ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : २९ जेष्ठ २०७४, सोमबार ०९:३२