फोनको स्क्रिन चम्काउन यसो गुर्नस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फोनको स्क्रिन चम्काउन यसो गुर्नस्



प्रायः होडबाजीको दुनियाँमा महँगा स्मार्टफोन नबोक्ने शायदै कम होलान र अझ आफुले बोकेका फोन हरबखत चम्किलो होस् भन्ने चहाना त हुन्छ नै, यस्तै चहाना छ तपाईंमा भने हेर्नुहोस् महँगा स्मार्टफोन चम्काउने विधि :

तपाईंले बोक्ने फोन मुख तथा नाकको एकदम नजिक नराख्नुहोस् जसले गर्दा तपाईंले प्रयोग गरेको फोन संक्रमणको जिवाणु बस्ने घर बन्न सक्दछ । तसर्थ यसको सरसफाईमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ, जति तपाईं आफुलाई ।

मोवाईल फोनको स्क्रिनलाई माइक्रो फाइबरयुक्त कपडाको सहाराले स्क्रिनमा लागेको धुलो, तेलको दाग आदी सजिलै हटाउन सकिन्छ । माइक्रो फाइवरयुक्त कपडाको विशेषता भनेको शिशामा लागेको दाग तथा स्क्र्याच हटाउनु हो । यति गर्दापनि तपाईको मोबाईल स्क्रिनमा लागेको जिद्दि दाग हटेन भने नआत्तिनुस अरु उपायहरु पनि छन् । तपाईको मोबाईल स्क्रिन हामी सफा गरेरै छाड्ने छौ ।

अर्को उपाय हो, तपाई आफ्नो मोवाईल स्क्रिनमा दाग लागेको स्थानमा सेलोटेपको प्रयोग गर्न सक्नुहुनेछ । टेपलाई स्क्रिनमा टाँस्नुहोस् र तुरुन्तै उप्काउनुहोस् जसले गर्दा तपाईको मोवाईल स्क्रिनमा लागेको जिद्दी भन्दा जिद्दी दाग हटेर जाने छ । यो विधितपाईं जरुरत अनुसार स्क्रिनमा प्रयोग गर्नसक्नु हुनेछ ।

प्रकाशित : १९ मंसिर २०७३, आईतवार १५:०१