मंगलबारको सेयर बजार हरियो, ४९ करोडको सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबारको सेयर बजार हरियो, ४९ करोडको सेयर कारोबार



काठमाडौँ ३० जेठ । मंगलबारको सेयर बजार हरियो भएको छ ।  नेप्से परिसूचक ४ दशमलब ६३ अंकले बढेको छ । सो दिन ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  १५सय ८० मा खुलेको नेप्से १५ सय ८५ मा पुगेर बन्द भएको छ। मंगलबार उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएको छ ।

मंगलबार होटल समुहले सबै भन्दा धेरै कमाएको छ । मंगलबार होटल समुह १७ दशमलव ७९ अंकले उकालो लागेको छ। मंगलबार इन्स्योरेन्स समुह १४ दशमलव ६९ अंकले, जलविधुत समुह १३ दशमलव ३२ अंकले, अन्य समुह ८ दशमलव १ अंकले, बैकिड. समुह ३ दशमलव ६३ अंकले, विकास बैँक समुह २ दशमलव ०७ अंकले, र फाइनान्स समुह १ दशमलव ४४ अंकले उकालो लागेको छ ।
मंगलबार उतपादनमुलक समुह भने ७ दशमलव ६३ अंकले ओरालो लागेको छ ।

मंगलबार कारोबारमा आएका १४३ कम्पनी बाट ९ लाख १८ हजार ३ सय ४८ कित्ता शेयरबाट ४९ करोड २ लाख ७५ हजार ७ सय १० रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०९:४७