दुई सय जरिवाना लिने व्यवस्था हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई सय जरिवाना लिने व्यवस्था हट्यो



काठमाडौं,  ३० जेठ । उपत्यकाभित्र जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने प्रावधान आजबाट हटेको छ । जथाभावी बाटो काट्ने पैदलयात्रीलाई जेठ १६ गतेदेखि उक्त जरिवाना लगाइँदै आएको थियो ।

गृहमन्त्री जनार्दन शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामालाई मन्त्रालयमा बोलाएर जरिवानाको व्यवस्था हटाउन निर्देशन दिएपछि जरिवानाको व्यवस्था हटाइएको हो ।

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय जरिवाना वा तीन घण्टा नियन्त्रणमा लिने गरेको थियो ।

महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले २ सय रुपैयाँ जरिवाना मात्र हटाएको बताए । ‘जरिवाना लिने प्रावधान हट्यो भन्दैमा जथाभावी बाटो काट्न भने पाइदैन’ उनले भने । उनले थपे ‘अब हामी दुई सय जरिवाना लिदैनौं तर जथाभावी बाटो काट्नेलाई चेतनामूलक कक्षा भने लिन्छौं ।’

दुई साताभित्र प्रहरीले २० हजार भन्दाबढी पैदलयात्रीलाई कारवाही गरिसकेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार १०:३४