सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं ३१ जेठ। सिद्धार्थ इन्स्योरेन्सको हकप्रद भर्ने अन्तिम दिन आज रहेको छ। इन्स्योरेन्सको हकप्रद बैशाख १७ गतेसम्म कायम भएका शेयरधनीलार्इ दुर्इ शेयर बराबर एकको अनुपातमा हकप्रद बिक्री गर्न लागेको जनाएको छ।

इन्स्योरेन्सले बैशाख २८ गतेदेखि आज ३१ गतेसम्म निष्कासन खुला गरेको थियो। शेयरधनीले लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको केन्द्रीय तथा शाखा कार्यालयबाट आवेदन दिन पाउने बताइएको छ। इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ।

प्रकाशित : ३१ जेष्ठ २०७४, बुधबार ०५:५९