नागरिक लगानी कोषद्धारा कर्मचारीहरुको बिमा रकम बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषद्धारा कर्मचारीहरुको बिमा रकम बृद्धि



nagarik,P20lagani,P20kosh.JPG.pagespeed.ic.qtH2lmStFTकाठमाडौ । नागरिक लगानी कोषले बचतकर्ता कर्मचारीहरुको बिमा रकम बृद्धि गरेको छ । कोषले विनाशकारी महाभूकम्पले देशमा पुर्याएको धनजनको क्षती भएको भन्दै ‘कर्मचारी वचत वृद्धि स्विकृत अवकास कोष’ कार्यक्रमका सहभागीहरुलाई बिमा बापत अतिरिक्त २५ हजार रुपैयाँ दिन लागेको हो ।

कोषले बिहीबार विज्ञप्ति जारी गर्दै अहिले उपलब्ध गराइँदै आएको दुर्घटना बिमा वापत एक लाख रुपैयामा थप २५ हजार थप्ने जनाएको छ । यो रकम भूकम्पमा परी मृत्यु भएका सहभागीहरुको परिवारलाई राहत स्वरुप प्रदान गरिने भएको हो ।

प्रकाशित : १ जेष्ठ २०७२, शुक्रबार ०४:३४