एभरेष्ट इन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद शेयर



काठमाडौँ २ असार ।एभरेष्ट इन्स्योरेन्स कम्पनीले एकै दिन ५ आर्थिक बर्षको साधारण सभा बोलाएको छ। साधारणसभाले हालको पूँजीलार्इ दुर्इ अर्ब पुर्याउने बिशेष प्रस्ताव पारित गर्ने छ।
कम्पनीले २०७२/७३ को मुनाफा बाट २० प्रतिशत बोनश शेयर दिने प्रस्ताबसमेत गरेको छ। बोनश शेयरको कर प्रयोजनार्थ १० लाख ६५ हजार रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पनि छ।
कम्पनीले बोनश शेयरको बितरणपछि कायम हुने चुक्ता पूँजी १२ करोड १५ लाखमा ६०० प्रतिशत हकप्रद सेयरसमेत दिने भएको छ। कम्पनीले एक बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ।
कम्पनी सञ्चालक समितिले गत बर्ष १५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको थियो। तर, साधारणसभा हुन नसकेपछि उक्त प्रस्ताव कार्यान्ययन हुन पाएन। बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउनु पर्ने निर्देशन दिएपछि एभरेष्टले हकप्रद शेयर वितरण प्रस्ताव संशोधन गरेको हो। हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड रुपैयाँ पुग्नेछ। त्यसपछि चालु र आउँदो आर्थिक बर्षको मुनाफा एवं पुरानो रिजर्भबाट समितिले तोके बमोजिम पूँजी पुर्याउने कम्पनीको योजना छ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ। कम्पनीले चैत मसान्त सम्म २ करोड ११ लाख रुपैयाँ खुदा मुनाफा गरेको थियो।

प्रकाशित : २ असार २०७४, शुक्रबार ०५:३९