ज्योती विकास बैंकले बनायो उपत्यकाका चार स्थानमा जेब्रा क्रसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योती विकास बैंकले बनायो उपत्यकाका चार स्थानमा जेब्रा क्रसिङ



काठमाडौँ २ असार ।ज्योति विकास बैंक लिमिटेडले कमलादी क्षेत्र र भदकालीमा जेब्रा क्रसिङ बनाउने कार्यमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस भन्ने उद्देश्यसहित जेब्रा क्रसिङ बनाएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडी जेब्रा क्रसिङ बनाउन सहयोेग गरेको हो । यी स्थानहरुमा जेब्रा क्रसिङ नहँुदा पैदल यात्रुहरुले सडक पार गर्न कठिनाई भोग्दै आई रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता सेवामूखी कार्यहरु गर्दै आएको छ । साथै भविष्यमा पनि निरन्तरता दिइने उनले बताए । बैंकले ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ संग समन्वय गरी उक्त कार्य सम्पन्न गरेको हो । राष्ट्रिय स्तरको यस बंैकले देशभर ३२ वटा शाखा संजाल मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : २ असार २०७४, शुक्रबार ०६:४८