कुमारी बैंकको एकिकृत कारोबार असार १२ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैंकको एकिकृत कारोबार असार १२ गतेदेखि



काठमाडौं ४ असार ।कुमारी बैंकले तीन विकास बैंक र एउटा फाइनान्स कम्पनी गाभेर असार १२ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ।

काष्ठमण्डप डेभपलमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभ्न कुमारीलाई राष्ट्र बैंकले जेठ १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

चारे संस्था गाभेपछि बैंकको प्रधान कार्यालय सावकको दरबार मार्गमै हुने जनाइएको छ। चैत मसान्तसम्म कुमारीको चुक्ता पूँजी तीन अर्ब २६ करोड ६० लाख रुपैयाँ थियो। गाभिने संस्थामा क्रमशः काष्ठमण्डपको ६७ करोड ९९ लाख, महाकालीको १४ करोड ८८ लाख, काँक्रेविहारको ७ करोड २४ र पश्चिमाञ्चलको ३४ करोड ९० लाख रुपैयाँ पूँजी रहेको छ।

प्रकाशित : ४ असार २०७४, आईतवार ०६:४९