अब नगदबिनै कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब नगदबिनै कारोबार



काठमाडौं ५ जेठ। सरकारले नगदरहित कारोबारमा आधारित मोबाइल मनी प्रविधि छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा मोवाइल मनी सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मोवाइल मनी भनेको मोवाइलको प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था हो । जुन नगदरहित (क्यासलेस) हुन्छ । हामी साउनदेखि पूर्ण रुपमा प्रयोगमा आउने गरी तयारी गरिरहेको छौ, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बार झाले भने ।

उनका अनुसार यसबाट नगदरहित कारोबार हुन्छ । मोवाइल मनी सुरु भएपछिप्रविधिको विकासँगै नगद बोक्नुपर्ने झन्झटबाट पनि मुक्ति पाइने उल्लेख छ । नागरिक दैनिकबाट ।

प्रकाशित : ५ असार २०७४, सोमबार ०५:०६