सिटिजन्स बैंकको शाखा मनाङको चामेमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकको शाखा मनाङको चामेमा



काठमाडौं ५ जेठ । सिटिजन्स बैंक इन्टरनेसनलले मनाङ जिल्लामा आफ्नो शाखा संचालनमा ल्याएको छ । बैंकले मनाङको चामेमा आफ्नो ५९औं शाखा संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरेका हुन् । बैंकले हालसम्म काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३५ गरी कुल ५९ वटा शाखा, ५८ वटा एटीएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ४ लाख १७ हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले आफ्ना ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु दिदंै आएको छ । आज संचालनमा आएको शाखाबाट पनि उपलब्ध सबै सेवा उपलब्ध हुने पोखरेलले बताए ।

बैंकले शाखा उद्घाटन गरेको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मनाङ जिल्लाको चामेस्थित श्री लोकत्रिय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले निकट भविष्यमा पाल्पा जिल्लाको छहरा, मकवानपुर जिल्लाको मनोहरी तथा नवलपरासी जिल्लाको भुमईबाट आफ्नो शाखा सञ्चालनमा ल्याउने भएको छ ।

प्रकाशित : ५ असार २०७४, सोमबार ०५:४२