लुम्बिनी जनरल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद



काठमाडाै ५ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको शत प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि असार १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १२ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ६१ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड रहेकोमा शत प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७८ करोड पुग्ने छ ।

सबै निर्जीवन बिमा कम्पनीले आगामी आर्थिक बर्षको अन्त्यसम्ममा चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ ।

प्रकाशित : ५ असार २०७४, सोमबार ०९:३५