दुई उपसचिव चार लाख घुससहित रंगे हात पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुई उपसचिव चार लाख घुससहित रंगे हात पक्राउ



काठमाडाै ५ जेठ । अखित्यार दूरुपयोग अनुशन्धान आयोगले सोमबार दुई उपसचिवलाई चार लाख घुससहित रंगे हात पक्राउ गरेको छ ।

आयोगको वर्दिवासस्थित कर्यालयबाट खटी गएको टोलीले जिल्ला शिक्षा कार्यालय, सर्लाहीका रामहरी रिजाल र बासुदेव तिमल्सिनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।

उपसचिव द्वयले जनज्योति उच्च मावि, लालबन्दीमा जागिर लगाइदिञ्छु भन्दै विभिन्न व्यक्तिहरुबाट नगत रकम असुलिहरेको आवस्थामा उनीहरुलाई पक्राउ गरिएको अखित्यारले जनाएको छ ।

अख्तियारले उनीहरु उपार आजै आयोगको भ्रष्टचार निवारण ऐन-२०५९ अनुसार बिशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ ।

प्रकाशित : ५ असार २०७४, सोमबार १०:११