यस कारण गयो नेप्सेमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण गयो नेप्सेमा पहिरो



काठमाडाै ५ जेठ  । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सोमबार (आज) पहिरो गएको छ । नेप्से दोहोरो अंकले घटेको छ । २०.८२ अंकले घटेको बजारमा ६४ करोड ९८ लाख ८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ३७ वटा कम्पनीको ८ लाख १४ हजार ४ सय ५३ कित्ता सेयर बिक्री भएको छ । आज नेप्सका सवै उपसमूहहरु राताम्मै भएका छन् ।

यस दिन सवै भन्दा बढी इन्स्योरेन्स १४२.८९ अंकले घटेको छ । त्यसै गरी बैंक २०.३८ अंक, होटल १६.६२ अंक, विकास बैंक २१.३१ अंक, हाइड्रोपावर १८.५१ अंक, फाइनान्स १० अंक, उत्पादन २३.२५ अंक र अन्य २.३१ अंकल घटेको छ । दोहोरो अंकले घटेको बजारमा एभरेष्ट बैंक लिमिटेड कन्भर्टिकल प्रर्फमेन्समा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दानी ९.४ प्रतिशतले गुमाएका छन् ।

त्यसै गरी मिथिला लद्युवित्त विकास बैंक र तिनउ डेभलपमेनट बैंकका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै ५ प्रतिशतले गुमाएका छन् ।
यता तारागन रेजेन्सी होटल लिमिटेड, कन्चन डेभलपमेन्ट बैंक आदि लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले भने केही प्रतिशत आफ्नो आम्दानी बढाएका छन् ।

प्रकाशित : ५ असार २०७४, सोमबार १०:१८