एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, ६  असार । एभरेष्ट बैंक लिमिटेडले तीन बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । उक्त हकप्रद शेयरका लागि बैंकले भोलि अर्थात असार ७ गतेदेखि शेयरधनी पुस्तिका बन्द हुने भएको छ । बैंकको हकप्रद सुरक्षित गर्नका लागि असार ६ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।

पञ्जाब नेशनल बैंकको साझेदारी रहेको एभरेष्ट बैंकले ३ बराबर १ अनुपातमा अर्थात ३३ दशमलव ३३ प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त शेयरमा असार ६ गतेसम्म कायम शेयरधनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

गत आर्थिक वर्षको कमाईबाट ७० प्रतिशत बोनस बितरण गरेको बैंकको हाल चुक्ता पूँजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । बैंकले तीन बराबर एकको अनुपातमा हकप्रद बिक्री गरेपछि बैंकको चुक्तापूँजी छ अर्ब तीन करोड ५द्द लख ३४ हजार ४०० सय पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०५:०८