सिद्धार्थ इन्स्योरेन्सले ल्यायो ‘क्यास लेस’ सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सले ल्यायो ‘क्यास लेस’ सुविधा



काठमाडौं । स्वास्थ बीमाका ग्राहकले अस्पतालबाट रकम भुक्तानी नगरिकनै स्वास्थ सुविधा लिन सक्नेगरी सिद्धार्थ इन्स्योरेन्सले ‘क्यास लेस’ नयाँ योजना ल्याउने जनाएको छ । हाल ग्राहकले पहिले आफैले उपचारको र पछि कम्पनीमा बीमा दाबी गर्ने चलन रहेकोमा हाम्रो संस्थाले अस्पतालमा सोझै रकम भुक्तानीको व्यवस्था मिलाउनेछ कम्पनीका कायममुकायम महाप्रबन्धक वीरेन्द्र क्षेत्रीले बताएका छन् ।

कम्पनीले ग्राहकलाई परिचय खुल्ने युनिक बीमा कार्ड प्रदान गर्ने र त्यसै माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउने भएको हो ।
कक्पनीले ग्राहकले अस्पतालबाट बिल पाएर भुक्तानी प्रक्रिया शुरु गरेको दुई घण्टामा भुक्तानी हुने व्यवस्था गर्ने बताएको छ । यसका लागि कम्पनीले विभिन्न अस्पतालसँग साझेदारी सम्झौता गर्नेछ । कम्पनीले सरल र २४ सैं घण्टा भुक्तानी हुने व्यवस्थाका लागि कम्पनीले छुट्टै टीम नै तयार गर्न लागेको जनाएको छ । इण्टरनेटमार्फत कम्पनीमा रहेको टीम अस्पतालबीच सम्पर्क कायम गरेर केही घण्टामै कम्पनीले शुल्क भुक्तानी गरिदिने बताएको छ ।

यो नयाँ योजना विस्तारसँगै २५ लाख बीमाङ्कसम्मको स्वास्थ बीमा योजना पनि कम्पनीले ल्याउने सोच बनाएको उल्लेख गरेको छ । हाल कम्पनीले २३ लाख रुपैयाँ बीमाङ्कका स्वास्थ योजना सञ्चालनमा ल्याइरसकेको छ ।

प्रकाशित : २६ असार २०७२, शनिबार ०४:१५