यी ५ क्षेत्रमा आउँदैछ उछाल, जसमा तपाईले आफ्नो करिअर अझै उज्वल बनाउन सक्नुहुन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यी ५ क्षेत्रमा आउँदैछ उछाल, जसमा तपाईले आफ्नो करिअर अझै उज्वल बनाउन सक्नुहुन्छ



अहिले यस्तो समय हो जहाँ जागिर खानको लागि निकै मुश्किल बन्दै गएको छ । तर,टीमलीज एंप्लॉयमेंट आउटलुक रिपोटका अनुसार यस्ता श्रेत्र छन जाँहा जागिरको कुनै कमी नै छैन ।

वित्तीय सेवा

अहिले वित्तीय श्रेत्रमा निकै उछाल आइरहेको छ । नोटको चलन बिस्तारै हराउदै गएको छ । त्यस कारण मोबाइल वालेटको प्रयोग विस्तारै बढ्दै गएको छ । अब आउने समयमा डिजिटल बैकिंगको प्रयोग व्यापक बढ्ने बताइएको छ । यो क्षेत्रमा आउदा दिनमा धेरै रोजगारीका अवसरहरु खुल्ने अनुमान गरिन्छ ।

हेल्थ र फार्मा सेक्टर

हेल्थ र फार्मा सेक्टर नि बिस्तारै विस्तार हुने क्रममा रहेको छ । पछिल्लो समय सरकार र अन्तराष्टिय क्षेत्रले समेत यो क्षेत्रलाई बढावा दिने कुरा उठिरहेकाले विश्वव्यापी रुपमा यो क्षेत्रमा अवसरहरु आउने पक्का देखिन्छ ।

नलेज प्रोसेस आउटसोर्सिंग सेक्टर

नलेज प्रोसेस आउटसोर्सिंग सेक्टरमा आउदा दिनमा निकै उछाल आउने बताइएको छ । टीमलीजको रिपोट अनुसार क्षेत्रमा निकै राम्रा अवसरहरु ग्रोथ हुने क्रममा छन् ।

टेलिकम्युनिकेशन सेक्टर

पछिल्लो समय बढ्दै गएको दुरसञ्चारको प्रयोगले गर्दा नयाँ नयाँ अवसरहरु सिर्जना हुने क्रम बढ्दै गएको छ । विश्वमा हेर्ने हो भने टेलिकमको क्षेत्रमा हात हालेका व्यक्तीले नाम र दाम कमाएका छन भने लाखाै लाख रोजगारी सिर्जना गरेका छन् । यस कारण आउदा दिनमा यो क्षेत्र अझै रोजगारीको आकर्षक केन्द्र बन्ने पक्का छ ।

आइटी सेक्टर


अमेरिका सरकारको बदलिदो व्यवहारका कारण अहिले यो क्षेत्र केही मात्रामा सुस्त छ । तर यसको अवस्थामा पनि यो क्षेत्रले आफ्नो वेग्लै पहिचान बनाएको छ । यो क्षेत्रले पनि अाउदा दिनमा निकै आकर्षक अवसरहरु सिर्जना गर्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित : १९ पुष २०७९, मंगलवार ०२:४८