सिटिजन्स बैंक र राम्रो रेमिट बीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक र राम्रो रेमिट बीच सम्झौता



काठमाडाै ७ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र राम्रो रेमिटे प्रा. लि बीच विप्रेषण कारोबारर गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले ले हस्ताक्षर गर्नु भएको छ भने राम्रो रेमिट प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठूले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता अनुरुप राम्रो रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुवाट प्राप्त विपे्रषण यस बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सकिनेछ ।

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल , बुम रेमिट , ओभरसिज रेमिट र सी जि फिन्कोबाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसंग सम्झौता गरि विप्रे्रषण सेवालाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ११:०४