रिलायवल माईक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिलायवल माईक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद निष्कासन



काठमाडौं ८ असार । रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

एक सय रुपैयाँ अंकित साधारण सेयरको हकप्रद निष्कासन गरेको यो संस्थाले २ कित्ता सेयर हुनेका लागि नयाँ एक सेयर (२ः१)को अनुपातमा सेयर दिने भएको छ ।

यो संस्थाले ५ करोड ६५ लाख को चुक्ता पुँजीमा २ करोड ८२ लाख ५० हजार रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो ।

यो संस्थाले यही असार १६ गतेसम्म कारोबार भैसकको सेयरधनिले मात्रै हकप्र्र्रद किन्न पाउने जानकारी दिएको छ ।

यसको हकप्रद यही असार २५ देखि साउन २९ गतेसम्म आवेदन दिन पाइने उल्लेख छ ।

यसको हकप्रदको आवेदन सिभिल क्यापिटल मार्केट सुन्धारा, रिलायवल डेभलपमेन्ट बैंक ज्ञानेश्वर र यो माइक्रोफाइनान्सको सबै कार्यालयबाट दिन सकिने छ । यसको धितोपत्र निकासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स हो ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०२:५७