बिजीमलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइलएक्स्पो, प्रत्येका दिनउपहारै उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिजीमलमा सुरु भयो सामसुङ ग्यालेक्सी मोवाइलएक्स्पो, प्रत्येका दिनउपहारै उपहार



काठमाडौं ८ असार ।राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नामदिइएको मोबाइल मेला १० दिनसम्मचल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् । 

बिजीमलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।
असार ७ गते बाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७गते सम्म चल्ने छ । उक्तअवधि भर प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।
एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजनाहुने छन् । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।


एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिलक्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइने छ ।
चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजीमलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित : ८ असार २०७४, बिहीबार ०६:०९