घुस लिँदालिँदै राजस्वका २ अधिकृतलाई अख्तियारले समात्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घुस लिँदालिँदै राजस्वका २ अधिकृतलाई अख्तियारले समात्यो



काठमाडौं, ९  असार ।अख्तियार दुरुपयोग आयोगले घुस लिँदालिँदै राजस्व अनुसन्धान विभागका २ जना अधिकृतलाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई सेवाग्राहीबाट घुस लिँदै गरेको बेला पक्राउ गरेको हो ।

कर मिलाईदिने भन्दै राजश्वका अधिकारीहरुले घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले नगद ५ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको बेला रंगेहात फेलदा पारेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका अधिकृतमाथि अख्तियारले थप छानविन गरिरहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ०८:३३