हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद सुरक्षित गर्नुभयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद सुरक्षित गर्नुभयो ?



काठमाडौं, ११ असार  । हाम्रो विकास बैंक लिमिटेड को जेठ ७ गतेबाट एक बराबर दुई अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयरमा वैशाख १० सम्म कायम शेयरधनीले असार ११ गते अर्थात् आज अाइतबारसम्म आवेदन दिन सक्नेछन् ।

हाल १५ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको हाम्रा विकास बैंकको हकप्रद बिक्रीपश्चात पूँजी ४५ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदमा वैशाख १० गतेसम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आईतवार ०५:०४