इन्टरनेट बैंकिङ – यी १० गल्तीले तपाईलाई बर्बाद पारिदिनसक्छ, यी कुरामा ध्यान दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

इन्टरनेट बैंकिङ – यी १० गल्तीले तपाईलाई बर्बाद पारिदिनसक्छ, यी कुरामा ध्यान दिनुस्



अहिले बिस्तारै बैंकहरु अाफ्नो सेवालाई प्रविधी मैत्री बनाउदै लगेका छन्। यो संगै सर्वसाधारणको अाकर्षण पनि प्रविधीमा ह्वात्तै बढेको छ । छिटो र सरल हिसाबले बैंकको कारोबार गर्न पाइने भएकाले यसको प्रयोग बढ्दै गएको छ । बिशेष गरि इन्टरनेट माेबाइबैंकिङ् हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ । अहिले त यस्तो अवस्ता अाइसक्यो की पछिल्लो समय कुन बेला बै‌ंक पुगेको थिए भन्ने सम्झना पनि हुदैन । तर बिस्तारै बैंकिङ् क्षेत्र जति बढी सहज भन्दै गएको छ त्यती नै जोखिम पनि उहि हिसाबले बढ्दै गएको छ । तर यस्ता धेरै उपायहरु छन यसलाई अपनाउन सकेको खन्डमा धेरै समस्याबाट तपाई बच्न सक्नुहुन्छ ।

पब्लिक वाइफाइको प्रयोग नगर्नुस्

असुरक्षित वाई-फाई नेटवर्कबाट बैंकिङ् गर्न जोगिनुस । माेबाइ होस या कम्प्यूटर दुबै मार्फत अशुरक्षित नेटवर्क कनेक्ट गरेर इन्टरनेट बैंकिङ् नगर्नुस । यस्तै पब्लिक वाई-फाई नेटवर्कबाट डेबिट क्रेडिट कार्डमार्फत पेमेन्ट पनि नगर्नुस । यस्ता पब्लिक वाई-फाई नेटवर्कबाट ह्याकिंग र अन्य साइबर हमलाहरुको खतरा हुन सक्छ ।

बिलियो पासवर्ड राख्नुस्

इन्टरनेट बैंकिङ्को लागि सबै भन्दा बलियो पासवर्ड राख्नु अत्यावश्यक छ । सबै भन्दा राम्रो कुरा भनेको पासवर्डको प्रयोग क्यापिटल र स्मल लेटरको प्रयोग गर्नुस । अाफु र अाफ्ना परिवार संग जाेडिने हिसाबको पासवर्ड नराख्नुस । जन्म मितिलाई पासवर्डको रुपमा प्रयोग गर्ने गल्ति नगर्नुस । तपाई संग धेरै बै‌क खाता छ भने ति खातामा एउटै पासवर्ड नराख्नुस ।

इमेलमा अाएको लिन्कबाट लगअन नगर्नुस्


इमेलबाट अाएको कुनै पनि लिन्क खोल्नु भन्दा अगाडी मोबाइल इन्टरनेटलाई जोगाउनुस । यदि सोझै त्यसता लिन्क खोल्दा तपाईका गोप्य बैंकिङ् तथ्यहरु लिक हुन सक्छन । प्राय साइबर अपराधमा संलग्नहरु यस्ता इमेल पठाउछन । जुन तपाइको बैंकको इमेल संग मिल्दो जुल्दो हुन्छ ।

बैंकको वेबसाइट चेक गर्नुस


कुनै पनि वेबसाइटमा लग इन गर्नु भन्दा अगाडी सम्बन्धीत बैंकको वेबसाइट चेक गर्नुस । यो सुनिश्चित गर्नुस कि वेबसाइटको यूआरएल ‘https’ बाट शुरू भएको होस । तर त्यसमा s छ भने बुझ्नुस कि त्याहाँ कुनै समस्या छ ।

लगअाउट अनिवार्य गर्नुस


कुनै पनि ट्रांजैक्शन पुरा भए पछि त्यसलाई लगअाउट गर्नुस् । यदि तपाईले एकाउन्ट लगअाउट गर्नुभएन भने ह्याकरहरुले तपाइको अकाउन्टमा सिधै धावा बोल्ने छन । यस संगै तपाईले ब्राउजरको हिस्ट्री किल्यर गर्न नि जरुरी छ ।

बैंकको एपको प्रयोग गर्नुस्


मोबाइल बैंकिंग गर्दा सधै बैंकले निर्माण गरेको एपको मात्रै प्रयो गर्नुस । यस्ता एपहरु गुथल प्ले स्टोरबाट मात्रै डाउनलोड गर्नुस ।

एन्टी वायरलाई सधै अपडेट गर्नुस


तपाई अाफ्नो कम्प्यूटरको एन्टी वायरसलाई सधै एक्टिभ गरेर अपडेटमा राख्नुस । यसले अनावश्यक वायरसलाई रोक लगाउन मदत गर्दछ ।

सेयर कम्प्युटर प्रयोग नगर्नुस्


पब्लिक वाइफाई नेटवर्कको साथै कुनै पनि कार्यलयको प्रयोजनमा रहेकाे सेयर कम्प्यूटरको प्रयोग नगर्नुस् । यस्ता कम्प्यूटरहरु व्यक्तिगत गोप्यनताका कार्य गर्न सधै हानिकारक हुन्छन ।

लोभी अफरबाट बच्नुस


साइबर क्रिमिनलहरु बिशेष गरि तपाईलाई लोभिने अफरहरु पठाएर अकाउन्ट डिटेल माग्छन यस्ता कुरामा तपाई सधै चनाखो हुन अावश्यक छ ।
प्याड लक चेक गर्नुस


कुनै पनि वेबसाइटकाे प्रयोग गर्दा त्यसको प्याडलक सुनिश्चित गर्नुस । यदी प्याड लक रहेछ भने सम्झनुस त्यो वेबसाइट सुरक्षित छ ।

प्रकाशित : २३ असार २०७७, मंगलवार १३:५९