Feature News

नेप्से ७ दशमलव ९२ अंकले उकालो लाग्यो



काठमाडौँ ११ असार ।कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ । आइतबार नेप्से ७ दशमलव ९२ अंकले उकालो लागेको छ। यस दिन कारोबार मा आएका १४८ कम्पनी को १५ लाख ७७ हजार ५ सय २६ कित्ता सेयरबाट ७३ करोड ३४ लाख २४ हजार ७ सय ७४ रुपैयाको कारोबार भएको छ।
आइतबार इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आइतबार बैक समुहले सबैैभन्द धेरै कमाएको छ। आइतबार बैक समुह १२ दशमलव ०४ अंकले उकालो लागेको छ । आइतबार होटल समुह ११ दशमलव ०४ अंकले, उतपादनमुलक समुह ८ दशमलव ४६ अंकले, विकास बैक समुह ४ दशमलव ४३ अंकले, फाइनान्स समुह २ दशमलव ७ अंकले, जलविधुत समुह १ दशमलव ८३ अंकले र अन्य समुह ० दशमलव ८७ अंकले उकालो लागेको छ।
आइतबार सबै समुह उकालो लागेनी इन्स्योरेन्स समुह ८ दशमलव ६९ अंकले ओरालो लागेको छ।

 

 

प्रकाशित : ११ असार २०७४, आईतवार ०९:३०