लगानीकर्ताले अधिकतम २ वटा  मात्र डिम्याट खाता खोल्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लगानीकर्ताले अधिकतम २ वटा  मात्र डिम्याट खाता खोल्न पाउने



काठमाडौँ,  १२असार। नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले अबदेखि अधिकतम २ वटा  मात्र डिम्याट खाता खोल्न पाउने व्यवस्था गरेको छ । दुई भन्दा बढी डिम्याट खाता भएकाले बन्द गर्नुपर्नेछ । बहु खाता हुनेलाई बन्द गर्न २०७४ भदौ महिनासम्मको समय पनि दिइएको छ । आगामी भदौ महिनासम्ममा डिम्याट खाताबाट सेयर सार्दा (हस्तान्तरण) गर्दा निःशुल्क हुने व्यवस्थासमेत धितोपत्र बोर्डले गरेको छ । उता, लगानी व्यवस्थापनका लागि खोलिएका खाता बन्द गर्ने जिम्मेवारी भने सम्बन्धित लगानी व्यवस्थापकै हुनेछ । आस्वा प्रणाली कार्यान्वयन प्रभावकारी बनाउन धेरै डिम्याट खाता खोल्न निरुत्साहित गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

 

 

प्रकाशित : १२ असार २०७४, सोमबार ०५:५१