के्रजि सेल मेला असार १७ सम्म हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

के्रजि सेल मेला असार १७ सम्म हुने



काठमाडौँ,  १२ असार।शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको के्रजि सेल मेला असार १७ गतेसम्म हुने भएको छ । यस मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाउने हुँदा ग्राहकको मागलाई ध्यानमा राखेर मेलाको समय अवधि ६ दिन थप गरिएको हो । यस मेलालाइ हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । के्रजि सेल मेलामा गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको के्रजि सेल मेलामा तथा शिखर सुजका शो रुमहरुमा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ भने मेलामा ३८, ३९ र ४० नम्बरका जुत्ता चप्पलमा छुट पछि पनि छुटको व्यवस्था गरिएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।

शिखर शुजद्वारा उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।
शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु के्रजि सेल मेलामा उपलब्ध छन् ।

प्रकाशित : १२ असार २०७४, सोमबार ०६:०५