कति नेपाली संग छ एमआरपी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति नेपाली संग छ एमआरपी ?



काठमाडौँ, १३ असार । झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।

राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् ।

विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व सङ्कलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।

प्रकाशित : १३ असार २०७४, मंगलवार १०:०४