कञ्चन डेभलपमेन्टको कैलालीमा शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कञ्चन डेभलपमेन्टको कैलालीमा शाखा विस्तार



कैलाली, १३ असार । कञ्चन डेभलपमेन्ट बैंकले कैलालीको लम्की चुहा नगरपालिका वडा नं १, लम्की बजारमा १२ औँ शाखा र टीकापुर नगरपालिका वडा नं। १, सिद्धार्थ चोकमा १३ औँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंक, धनगढी शाखाका निर्देशक विश्रुत थापाले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं। ४, महेन्द्र बजारमा प्रधान कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले कञ्चनपुर, कैलाली र डडेलधुरा जिल्लालाई कार्यक्षेत्र बनाई बैंकिङ कारोवार गर्दै आएको छ ।

बैंकको हाल १३ वटा शाखा र १ एक्सटेन्सन काउण्टर रहेको छ । बैंकको हाल चुत्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलवार १०:२७