नेप्समा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्समा सामान्य वृद्धि



napsaकाठमाडौं  । साताको पहिलो दिन नेप्सेमा १ दशमलब ५३ अंकको वृद्धि भएको छ । बजार खुलेसंगै सामान्य उतारचढाव रहेको नेप्से दिनको न्यनतम बिन्दु ९ सय ४१ दशमलव ८२ अंक पुगेको थियो । बजार बन्द हुनु भन्दा करिब १५ मिनेट अगाडी तिब्र गतिमा २ अंकको वृद्धिले ९ सय ४४ दशमलब ९६ अंकमा कारोबार बन्द भएको छ  ।

त्यसै गरि ‘क’ बर्गको सेन्सेटिभ इन्डेस्क पनि ० दशमलब ३८ अंकले बढेर २ सय १ दशमलब ०९ मा बन्द भएको छ । आज १ सय १८ कम्पनीका १ हजार ४ सय ४२ कारोबारबाट ३ लाख ९४ हजार ३० कित्ता शेयर खरिद बिक्रि भएको छ । जसबाट २६ करोड १० लाख २२ हजार ७ सय ३९ हजार रुपैंया कारोबार भएको छ ।

बजारमा सामान्य उतार चढाव देखिए पनि यस अवस्थालाई निस्क्रिय बजार नै मान्नु पर्ने जानकारहरु बताउँछन् । यसको मुख्य कारणको रुपमा आर्थिक वर्षको अन्त्य संगै लगानीकर्ताहरुले आफ्नो बैंकको तिर्नुपर्ने ब्याज साथै तेस्रो त्रैमासको प्रतिवेदनका आधारमा कम्पनीहरु छानी रहेको हुनाले बजारले स्पष्ट दिशा लिन नसकेको उनीहरुको भनाइ रहेको छ ।

त्यसैगरि पछिल्लो केहि वर्षको तथ्यांक केलाउदा यो समयमा बजारले एक किसिमको गति लिइ सक्नुपर्नेमा यो वर्ष भने विनासकारी भुकम्पका कारण लगानीकर्ताहरु पनि प्रत्यक्ष-अप्रत्यक्ष प्रभावित भएका कारणले बजार अस्थिर रहेको हो । तथा जुन किसिमको बजारमा दुर्घटना निम्तिने हल्ला थियो त्यसमा भने पछिल्लो समयमा आएर सक्रिय देखिएका म्युचुअल फण्डको उपस्थितिले बजारलाई स्थिर राख्न सफल भएको विशेशज्ञहरु बताउछन् ।

अहिले बजारमा निष्काशित करिब साढे ३२ करोड रुपैया बराबरका प्राथमिक शेयर तथा केहि वाणिज्य बैंकहरुको ऋणपत्र निष्कासनमा केहि नया लगानीकर्ता तथा रेगुलर लगानीकर्ताको ठुलो मात्रामा पुंजी स्थानान्तरण भएकोले पनि नेप्सेमा यसको असर देखिएको बताएका छन् ।

उपपरिसूचकहरुमा बैंकिंग समूह, ब्यापार समूह, होटेल समूह घटेका छ भने बिकाश बैंक समूह, जलविद्हुत समूह, बित्त्य समूह, इन्सुरेन्स समूह, उत्पादन तथा प्रसोधन समूह भने बढेका छन् । अन्य समूहमा कुनै परिबर्तन भएन ।

कारोबार रकमको आधारमा नेशनल लाईफ इन्सुरेन्सको ४ करोड ७३ लाख रुपैंया कारोबार भएको छ भने एभरेष्ट बैंक लिमिटेड छिमेक लघुवित्त विकास बैंक तथा चिलिमे हाईड्रो पावरले १ करोड माथि कारोबार गरेका छन् । त्यसैगरि आज फर्स्ट माइक्रो फाईनान्स र मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् भने श्री इन्भेस्टमेन्ट फाईनान्सका लगानीकर्ताहरुले बढी गुमाएका छन् ।

प्रकाशित : २७ असार २०७२, आईतवार १४:३०