आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने



काठमाडौं १४ असार ।आजदेखि जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने भएको छ । अब साझा यातायातमा जेष्ठ नागरिक, बालबालिका र अपाङले निःशुल्क यात्रा गर्नसक्ने वातावरण निर्माण भएको छ ।

साझा यातायातका प्रमुख लेखा अधिकृत गोपालप्रसाद पन्तले आजबाट जेष्ठ नागरिक, बालबालिका र अपाङले साझा यातायात चढ्दा पैसा नलाग्ने जानकारी दिए । आजदेखि‘जेष्ठ नागरिक ७० वर्षभन्दा माथि र अपाङ (क र ख) भएकाले परिचय खुल्ने कागजात पेस गरेमा साझा यातायातमा निःशुल्क यात्रा गर्न सक्नेछन्, ५ बर्षमुनिका बालबालिकाले पनि निःशुल्क यातायात गर्न सक्नेछन्,जानकारी पन्तले दिए।

प्रकाशित : १४ असार २०७४, बुधबार ०८:१८