फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं १४ असार ।फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केहि सेयर धनीको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।बैंकका केहि संस्थापक सेयर धनीले बिक्री गर्ने इच्छा राखी निवेदन दिएकाले संस्थापक सेयर बिक्रीका गर्न लागिएको जानकारी बैंकले दिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयरका लागि संस्थापक सेयर धनीलाई प्राथमिकता दिनुपर्ने भएकाले सार्वजनिक सूचना मार्फत जानकारी गराएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छु संस्थापक सेयर धनीले साउन १८ गते भित्रमा बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०९:२०