मापासे कारबाहीबाट  १७ लाख उठ्यो  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मापासे कारबाहीबाट  १७ लाख उठ्यो 



पोखरा, १४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरी रु १७ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार ७२५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा पाँचवटा ट्रक तथा ट्याङ्कर, १९ बस, १५७ कार जिप, १६ ट््याक्टर र एक हजार ५२८ वटा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ०९:५४