कमिसनमा १३ प्रतिशत भ्याट लाग्ने भएपछि ब्रोकरहरु आन्दोलित, यस कारण भयो विवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कमिसनमा १३ प्रतिशत भ्याट लाग्ने भएपछि ब्रोकरहरु आन्दोलित, यस कारण भयो विवाद



काठमाडाै १५ असार । धितोपत्र दलालहरुले बिहिबारबाट अनिश्चितकालीन शेयर कारोबार बन्द गर्ने निर्णय गरेका छन् । धितोपत्र दलालहरुको बिहिबार बिहान बसेको आपतकालीन बैठकले आफ्नो माग पुरा नभएसम्म अनिश्चितकालीन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार राजश्व विभागले सबै ब्रोकर अफिसमा राजस्वको तुरुन्तै कर चुक्ता गर्न चेतावनी युक्त पत्र काटेको थियो। दलालहरुले लगानीकर्ता बाट लिएको कमिसनबाट कर तिर्नु पर्ने राजश्व बिभागले बताएको हो । तर दलालहरुले आफुले भ्याट नउठाएकै भन्दै कर तिर्न नमानेका हुन् ।

किन भयो  विवाद ?

आन्तरिक राजस्व कार्यालयले ब्रोकरहरुलाई कमिसनमा भ्याट तिर्नू भन्दै पत्र काटेको छ । महालेखा परीक्षकको कार्यालयले पनि ब्रोकर कमिसनमा भ्याट नलागएको भन्दै यसलाई बेरुजुमा राखेको थियो । सोहि अनुसार अर्थमन्त्रालयले ब्रोकर कमिसनमा भ्याट लगाउने निर्णय गरेको हो । यसमा ब्रोकरले पाउने कमिसनमा १३ प्रतिशत भ्याट लाग्ने हो । सरकारले आर्थिक बर्ष २०६९/७० देखि अहिलेसम्मको भ्याटको रकम बुझाउन ब्रोकरलाई पत्र लेखेको हो।

आन्तरिक राजस्व कार्यालयले सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ। त्यस्तै केहि ब्रोकर कम्पनीलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र र अन्य ब्रोकरलाई फूल अडिटका लागि पत्र लेखेको छ। बजेटमा ब्यवस्थै नगरी कर लगाएको भन्दै ब्रोकरहरुले त्यसको बिरोधमा कारोबार बन्द गर्ने निर्णय गरेका हुन्।

अहिले ब्रोकरहरु यस बिषयमा छलफल गर्न धितोपत्र बोर्ड पुगेका छन् । शेयर कारोबार भने बन्द भएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहीबार ०६:१२