छ्याङ्दी हाइड्रोपावरको आइपीओको बाँडफाँड कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छ्याङ्दी हाइड्रोपावरको आइपीओको बाँडफाँड कहिले ?



काठमाडाै १४ असार । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको आइपीओको बाँडफाँड आगामी असार १७ गते शनिवार हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार आगामी शनिवार छ्याङ्दी को आइपीओ बाँडफाँड गर्ने तयारी छ ।

यो जलविद्युत कम्पनीले जेठ १४ देखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । ५ करोड ४० लाख मूल्यको आइपीओका लागि देशभरबाट ३ अर्ब ७९ करोडको आवेदन परेको थियो । देशभरबाट ९० हजार ९८ जनाले आइपीओमा आवेदन दिएका थिए ।

यो कम्पनीले आफ्ना कर्मचारीका लागि १० हजार ८ सय, २७ हजार कित्ता १० वटा म्युुचुुअल फण्डका लागि र बाँकी सर्वसाधारणका लागि छुट्याएको छ । यो कम्पनीले लमजुङ जिल्लामा २ मेगावाट क्षमताको चण्डी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यो कम्पनीको चुक्तापूँजी २१ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि त्यो बढेर २७ करोडको उचाईमा पुुग्नेछ । कम्पनीको अधिकृत पूँजी ५० करोड रहेको छ ।

प्रकाशित : १५ असार २०७४, बिहीबार ०७:१७