लगानीकर्तालाई क्षतिपूर्ति देउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लगानीकर्तालाई क्षतिपूर्ति देउ



काठमाडाै १५ असार । अचानक बजार बन्द गरिएको प्रति शेयर लगानीकर्ता संघले आपत्ति जनाएका छन् । संघले बिहिबार एक बिज्ञप्ति जारी गर्दै ब्रोकरहरुले दक्षिण एसिया कै महँगो कमिशन असुल गर्दा पनि आफ्नो कर्तब्य प्रति गैर जिम्मेवार भएको भन्दै खेद प्रकट गरेको हो । संघले तत्काल बजार खुलाउन र लगानीकर्तालाई कारोबारबाट बन्चित गराउंदा हुन् गएको क्षतिपूर्ति समेत लगानीकर्तालाई दिलाउन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।

संघले खुल्ला अर्थतन्त्रमा यस प्रकारका गैर जिम्बेवार गतिबिधि गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्न समेत नियामक निकाय सँग आग्रह गरेको छ । साथै संघले नेप्सेको कार्यालयमा धर्ना समेत दिदै छन् ।

प्रकाशित : १५ असार २०७४, बिहीबार १०:१२